संक्रमणकालीन न्यायलाई पीडित अनुकूल बनाउनुपर्छ : शिवमाया तुम्बाहाम्फे
२०७९ साउन ८ गते

काठमाडौं । पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले संक्रमणकालीन न्यायलाई पीडित अनुकूल बनाउँनुपर्नेमा जोड दिएकी छन् । उनले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभइ पीडित अनुकूल बनाउन सरकारले थप पर्यत्न के गर्दैछ भन्दै प्रश्न गरिन्।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तुम्बाहाम्फेले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभइ पीडित अनुकूल बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘संक्रमणकालीन न्याय भनेको पीडितलाई न्याय प्रदान गर्ने प्रणाली हो । यहि विषयमा सरोकारवालाहरुले चासो लिएका छन् । यो विषय संघीय संसदमा समेत प्रवेश गरिसकेको छ । तत्कालीन राज्य र तत्कालीन माओवादी दुवै बसेर सरकार सञ्चालन गरिराखेको अवस्था छ ।’
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








