‘एमाले वामपन्थी एकता प्रस्तावको प्रतिक्षामा छैन’
२०७९ साउन ८ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्णरूपले असफल भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले बिहान पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको उनको भनाई छ । ‘हामी त्यो प्रस्तावको प्रतीक्षामा नै छैनौं । अहिले हामी हाम्रो पार्टीलाई जनताको बीचमा लैजाने अभियानमा छौं,’ पोखरेलले भने ।
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








