विदेशमा अलपत्र नेपालीकाे शव ल्याउन पहल हुँदैछ : श्रममन्त्री कुँवर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरूको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन् ।

शुक्रवार चन्द्रलोक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरूको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानुन बनाएर बनाएर भएपनि नेपाल ल्याउने पहल भइरहेको बताएका छन् ।

ऐन कानुन नभएपनि मानव संवेदनशीलताका हिसाबले राज्यले शव ल्याउने उनको भनाई छ । त्यस्तै उनले विदेश जाने श्रमिकहरूलाई ठगी हुनबाट रोकिने स्पष्ट पारे । सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदै वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए ।

उनले विदेशबाट श्रम र सिप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरूको पुँजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + four =