आगामी निर्वाचनमा माओवादी बलियो पार्टीका रूपमा स्थापित हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका छन् ।

शुक्रवार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका हुन् ।

उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने समेत बताए । प्रचण्डले माओवादी क्रान्ति मधेसबाटै सुरु भएको र अहिले मधेसमा माओवादीप्रतिको उत्साह पनि बढ्दै गएको तर्क गरे । उनले माओवादीका प्रवेश गर्नेलाई आवश्यक जिम्मेवारी दिने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू टेकबहादुर शाक्य र वीरेन्द्र प्रसाद यादवलगायत विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =