ललितपुर महानगरलाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेका हो ।

आइएमई इेलेक्ट्रिक प्रालि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जेमा १०० किमि रेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएअको नगरपालिकाले बताएको छ ।

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन् । कि लेस स्टार्ट, रिमोट लक्किङ, रिभर्स गिअर, थेफ्त अलार्मसमेत रहेको छ । सेगमेन्टकै आधितम ३२० किमि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए । नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने क्वीक रेस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *