माओवादी भन्छ- ‘समाजवादी केन्द्र बन्छ, बन्नुपर्छ’

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लीलामणि पाेखरेलले मुलुकमा ‘समाजवादी केन्द्र’ काे जरुरत रहेकाे बताएका छन् ।  मकालुखबरसँगकाे कुराकानीका क्रममा उनले भनेका छन्, ‘समाजवादी केन्द्रकाे कुरा पनि बहसमा छ । त्याे जरुरी रहकैले बहस भइरहेकाे हाे । याे बन्छ र बन्नुपर्छ ।’

उनले विचार मिल्नेहरूकाे ध्रुवीकरणबिना मुलुक नबन्ने दाबीसमेत गरेका छन् । ‘हाम्राे निष्कर्ष भनेकाे वामपन्थीहरूबाट मात्रै मुलुककाे समृद्धि सम्भव छ भन्ने हाे र त्यसका लागि उनीहरूकाे ध्रुवीकरण अपरिहार्य छ,’ उनले औंल्याए ।

त्यसाे त माओवादीले भने समाजवादी केन्द्रकाे अगाडि ‘नेकपा’ पनि हुनुपर्छ भन्ने काेणबाट बहस अघि बढाइरहेकाे छ । बहस स्वयम् अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गरिरहेका छन् । समाजवादी केन्द्रकाे प्रस्तावक जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग लगातार संवादमा बसेका प्रचण्डले ‘नेकपा समाजवादी केन्द्र’ बनाउँ भनेर प्रस्तावसमेत गरेका छन् ।

बाबुरामले भने नेकपा हुन नहुने शर्त राखेका छन् । कम्युनिष्ट आन्दाेलन नै छाडेकाे घाेषणा गरेका उनले पुन: कम्युनिष्टमा नरहने भन्दै समाजवादी केन्द्र मात्रै बन्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *