बाबुरामसँग प्रचण्डकाे प्रस्ताव : नेकपा समाजवादी केन्द्र बनाऔँ

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रस्ताव अघि सारेका छन् ।

उनले जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग तीनवटै पार्टीकाे एकता गर्ने प्रस्ताव अघि सारेका हुन् । बिहीबार ललितपुरको हात्तीवन हाउजिङमा भएको छलफलमा प्रचण्डले माधवकुमार नेतृत्वको एकीकृत समाजवादी र डा. बाबुराम भट्टराईको जसपाबीच एकता प्रस्ताव गरेका हुन् । उनले नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन् ।

स्राेतकाअनुसार प्रचण्डले नेकपा समाजवादी केन्द्र बन्नुपर्ने प्रस्ताव गरेका छन् । त्यसमा बाबुरामले भने मञ्जुरी देखाएका छैनन् । वामपन्थी आन्दाेलन नै छाडेकाे घाेषणा गरिसकेका उनले पुन: नेकपामा नरहने बताउँदै आएका छन् । उनले यसअघि सम्पन्न आफूपक्षीय जसपा केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा कम्युनिष्टलाई ‘पाखण्ड’ भनेका छन् ।

माओवादी केन्द्रसँग एकता गर्न भट्टराईले नमानेपछि प्रचण्डले तीन पार्टीबीच एकता गरेर जानुपर्ने बताएकाे स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *