नवौँ राष्ट्रिय खेलकुदका लागि गठित १२ उपसमितिका संयोजक तोकिए

काठमाडौँ । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका गठन गरिएको १४ उपसमिति मध्ये १२ उपसमितिको संयोजक र सचिवहरू तोकिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदको कार्यकारी समितिले बुधवार पत्रकार सम्मेलन गर्दै १२ उपसमितिको संयोजक र सचिव तोकिएको जानकारी दिएको हो । (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले १२ उपसमितिको संयोजक र सचिव तोकिएको बाँकी दुईको चाँडै तोकिने जानकारी दिए ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालाई भव्य बनाउन समारोह उपसमितिको संयोजकमा एकेन्द्र कुँवर, सचिवमा शारिङ्गन निरौलालाई जिम्मा दिइएको छ । त्यस्तै, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा, सचिवमा नारायणराज अर्याल, स्वास्थ्य उपसमितिको संयोजकमा डा बुलन्द थापा, सचिवमा डा. ज्ञानेन्द्र विक्रम शाह तोकिएको छ ।
घिसिङले अन्य पूर्वाधार तयारीको काम पनि जारी रहेको जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्ने प्रक्रिया समेत अघि बढेको उनले बताए ।
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने छ । प्रतियोगितामा ३६ खेलहरू आयोजना हुने छ ।








