टाटा विङ्गर बीएस ६ अब नेपाली बजारमा

काठमाडौँ । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘नयाँ टाटा विङ्गर बीएस ६’ नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्रिमियम टफ’ ढाँचामा तयार पारिएको याे गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सीलगायतका संस्थालाई उपयुक्त छ । आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार/व्यवसाय विस्तार गर्न चाहनेका लागि ‘विङ्गर बीएस ६’ ले राम्रो योगदान गर्ने जनाएको छ ।

२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस ६ को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद् र आरामदायी यात्राको प्रत्याभूति गर्दछ ।

‘सिप्रदी ट्रेडिङले दशकौँदेखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीको बिक्री वितरण र सम्बन्धित सेवा प्रदान गरिरहेको छ,’ टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस युनिटअन्तर्गतको इन्टरनेशनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेहताले भने, ‘उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ ।’

त्यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणा भन्छन्, ‘नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा हामीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौँ । टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशक देखि नेपाली ग्राहकलाई प्रत्याभूति गरिरहेका छौँ ।’

कम्पनीका अनुसार अहिले बिक्री वितरण आरम्भ गरेको विङ्गर बीएस ६ विभिन्न प्रयोजनका लागि अन्त्यन्त उपयुक्त हुनु साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल छ । यसले छोटो समयमा नै नेपाली ग्राहकको माया र विश्वास जित्ने हामीले अपेक्षा गरेका छौँ ।

कम्पनीका अनुसार सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसीसहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सेप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन् ।

विङ्गर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकतर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलिभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *