कमल थापाकाे दाबी- ‘सम्वर्द्धनवादी’ धार नै राष्ट्र निर्माणकाे मूलधार हाे
२०७९ साउन ३ गते

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नाे दल ‘सम्वर्द्धनवादी’ धारकाे प्रतिनिधित्व गर्ने एकमात्र दल भएकाे दाबी गरेका छन् । राष्ट्र निर्माणकाे मूलधार विचार यही बन्ने उल्लेख गर्दै उनले ट्वीटरमा लेखेका छन्, ‘तर,अन्ततः यही विचार नै राष्ट्रको मूलधार बन्नेछ । गर्व लाग्छ, राप्रपा नेपाल सम्वर्द्धनवादी धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल हो ।’
उनले अहिले भने त्याे धार केही कमजाेर देखिएकाे स्वीकारेका छन् । उनले त्यसअघि भनेका छन्, ‘नेपालको राजनीतिमा अहिले सम्वर्द्धनवादी अर्थात् धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिन्छ ।’
२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








