एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडाैँ । एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

उनले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर राजीनामा बुझाएकाे स्राेतले जनाएकाे छ ।

एआईजी बढुवा प्रकरणमा सरकारसँग असन्तुष्ट रहेका पाेखरेलले साेमवार राजनीनामा दिएका हुन् ।

आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई महानिरीक्षकमा बढुवा गरेको भन्दै पोखरेल असन्तुष्ट थिए ।

असन्तुष्ट पोखरेलले सरकारविरुद्ध सर्वोच्चमा मुद्दासमेत दायर गरेका थिए । सर्वोच्चले पनि सरकारकै निर्णय सदर गरिदिएपछि उनले राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । यसअघि उनी विदामा बसेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =