इस्टर्न एजेन्सी दक्षिण एसियाकै उत्कृष्ट विक्रेता घोषित

काठमाडौँ । बतास अर्गनाइजेशनको सिस्टर कम्पनी इस्टर्न एजेन्सी भल्भो आइसर कमर्शियल गाडीको उत्कृष्ट विक्रेता घोषित भएको छ । भल्भो आइसर कमर्शियल गाडीको विक्रेता इस्टर्न एजेन्सी भियतनाममा भएको एक कार्यक्रममा उत्कृष्ट विक्रेता घोषित भएको हो ।

इस्टर्न एजेन्सीले वर्ष २०२२ को दक्षिण एसियाकै उत्कृष्ट विक्रेता उपाधि पाएको कम्पनीले बताएको छ । उक्त कार्यक्रममा अध्यक्ष आनन्दराज बतास र सञ्चालक सुलभ बतास सहभागी भएका थिए । उक्त सम्मेलनमा विश्वभरका ४०० विक्रेताहरूको उपस्थिति भएका थिए ।

उक्त कार्यक्रम भियतनामको हो चिमुन शहरको थियो । इस्टर्न एजेन्सीले भोल्भो आइसरका उत्कृष्ट सवारी र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *