गभर्नर महाप्रसादविरुद्ध अखिल क्रान्तिकारीकाे प्रदर्शन (तस्वीरसहित)

काठमाडौँ । सत्ताधारी दल माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रदर्शन गरेको छ ।

क्रान्तिकारीको क्याम्पस जिल्ला समितिले आज काठमाडौँको प्रदर्शनीमार्गमा गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेको हो ।

एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेका खोटाङका एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै क्रान्तिकारीले उनलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै  प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले अधिकारीको पुत्ला जलाउनुका साथै टायर समेत बालेका थिए । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने संगठनले जनाएको छ ।

यसअघि संसद्मा माओवादीले गभर्नर अधिकारीको राजीनामा माग गरेको थियो ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =