एम अधिकारी गभर्नर नभएकाे एमालेकाे दाबी, काे हुन् खुलाएन !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गभर्नर विवादमा मुख खोलेको छ ।

एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी गभर्नर भएको भन्दै आलोचना भइरहेको बेला एमालेले स्पष्टीकरण दिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले नेकपा एमालेलाई उक्त व्यक्ति आफू नरहेको प्रस्ट्याइदिन अनुरोध गर्दै लेखेको पत्रको जवाफमा एमालेले स्पष्टीकरण यस्तो दिएको हो ।

अधिकारीको पत्रकारे जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको जिकिर गरेका छन् ।

स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर नभएको बताइए पनि उनी वास्तवमा को हुन् त भन्ने विषयमा एमालेले केही सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *