नेतृत्वमा रहेका नेतामा वैज्ञानिक चेत भएन : घनश्याम भुसाल
२०७९ असार ३० गते

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिक दलहरुको नेतृत्वमा रहेका नेतामा वैज्ञानिक चेत नभएको बताएका छन् । बिहान अल्टरनेटिभ फाउन्डेशनले ललितपुरमा आयोजना गरेको नीति संवादमा एमालेको अर्थ तथा योजना विभाग प्रमुखसमेत रहेका भुसालले यस्तो बताएका हुन् ।
समृद्ध राष्ट्र निर्माणका लागि वैज्ञानिक चेत आवश्यक रहेको उनको भनाई छ । ‘ठूला राजनीतिक दलले विज्ञानमा केन्द्रित रहेर सिद्धान्त बनाएका छन,’ उनले भने, ‘ति सिद्धान्त नै वैज्ञानिक छैनन् अनि कसरी हुन्छ वैज्ञानिक राष्ट्र ?’
उनले करिब ३० लाख नेपाली राजनीतिमा रहेपनि विज्ञानले स्थान पाउन नसकेको स्वीकारे । ‘३० लाख जनता राजनीतिमा छन् । उनीहरु टाठा-बाठा पनि छन्, नेतृत्वमा उनीहरु नै पुगेका छन् तर, वैज्ञानिक चेत छैन,’ उनले भने, ‘खराब पार्टी भएको राज्यको विकास हुँदैन ।’
२०७९ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








