विधान संशाेधन गरेर पुनः पार्टी सभापति हुने देउवाकाे चेतावनी

काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः सभापति बनेर आउनुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

उनले नेताहरूले आफूलाई जिस्क्याउने हो भने विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्ने समेत चेतावनी दिएका हुन् ।

केन्द्रीय कार्य समितिको बुधवारको बैठकमा सञ्जय गौतम, रामशरण महतलगायतका नेताहरूले गठबन्धनले कांग्रेस कमजोर हुने तर्क गरेपछि सभापति देउवाले भने, ‘मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *