राष्ट्रियसभा उपाध्यक्ष पद खाली हुनु लज्जास्पद : वामदेव गाैतम
२०७९ असार २८ गते

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसद्को ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन् ।
उनले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाइ भएको दाबी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे । दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने उनको सुझाव छ ।
गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








