डा. रेणुका साेलु अनेसासकाे केन्द्रीय उपाध्यक्षमा निर्वाचित

काठमाडाैँ । साहित्यकार डा. रेणुका साेलु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । भर्खरै सम्पन्न अनेसासकाे केन्द्रीय निर्वाचनबाट साेलु एसिया क्षेत्रकाे प्रतिनिधित्व गर्नेगरी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

नेपाली साहित्यलाई विश्वबजारसम्म पुर्‍याउने उद्देश्यले सन् १९९१ मा गठन भएको अनेसासको नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यकाे भूमिकामा समेत रहिसकेकी साेलुले नेपाली भाषा साहित्यमा विश्वबजारसम्म सहज पहुँच पुर्‍याउन नेतृत्वदायी भूमिका निभाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएकी थिइन् । विजयी बनेपछि खुसी लागेकाे उल्लेख गर्दै उनले मतदाता, सहयाेगी तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएकी छन् ।

अनेसासकाे अध्यक्ष पदमा गाेवर्द्धन पूजा निर्वाचित भएका छन् ।

नेपाली भाषा साहित्यको विकास, विस्तार, प्रवर्द्धन गर्ने उद्देस्यले लगभग तीन दशकअगाडि अमेरिकामा दर्ता भएको यो संस्थाको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने सचिवालय नेपालमा रहेकाे छ । नेपाली भाषा साहित्यलाई विश्वभरी पर्‍याउन  प्रयासरत अनेसासले लगभग २२ लाख बराबरको विभिन्न विधामा पुरस्कारकाे समेत स्थापना गरेकाे छ ।

♦ सम्बन्धित समाचार:
   अनेसास केन्द्रीय उपाध्यक्षमा सोलुको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धताहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *