अनेसास केन्द्रीय उपाध्यक्षमा सोलुको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धताहरू

काठमाडाैँ । साहित्यकार डा. रेणुका साेलुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज [अनेसास] को आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । साेलुले नेपालकाे प्रतिनिधित्व गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । नेपाली साहित्यलाई विश्वबजारसम्म पुर्‍याउने उद्देश्यले सन् १९९१ मा गठन भएकाे अनेसासको नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत रहेकी उनले नेपाली भाषा साहित्यलाई विश्वबजारसम्म सहज पहुँच पुर्‍याउन नेतृत्वदायी भूमिका निभाउनका लागि आफ्नो उम्मेदवारी दिएकाे बताएकी छन् ।

अमेरिका मुख्यालय रही संसारभरी छरिएर रहेका नेपाली लेखक/साहित्यकारहरूलाई समेट्दै आएकाे अनेसासले नेपाली साहित्यकारहरूकाे साहित्यिक क्षमतालाई उजागर गर्दै आएकाे छ । यहीअन्तर्गत साेलुले पनि आफ्नाे प्रतिबद्धताहरू सार्वजनिक गरेकी छन् । उनले नेपालस्थित अनेसासकाे आफ्ने भवन बनाउनेदेखि लिएर अग्रजलाई सम्मान र अनुजलाई प्राेत्साहन गर्नेसम्मकाे प्रतिबद्धताहरू अघि सारेकी छन् ।

प्रतिबद्धताहरू:

१, अनेसासले आफ्नै भवन खरिदको प्रक्रिया अगाडि सारेको छ, सो कार्यलाई सफल बनाउन सहयोग गर्ने ।
२, अनेसास ट्स्टी, केन्द्र, च्याप्टर र आजीवन सदस्यहरूबीच सुमधुर सम्बन्ध स्थापित गर्न र गराउन विशेष पहल गर्ने ।
३, अनेसासको प्रत्येक काम र हरहिसाबलाई थप पारदर्शी र व्यवस्थित बनाउन पहल गर्ने ।
४, विभिन्न विषय र विधाका विशेष कृति प्रकाशनको काममा सहयोग गर्ने ।
५, उत्कृष्ट कृति विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पुर्‍याउने अनेसासको योजनामा सहयोग गर्ने ।
६, विधागत कार्यशाला गोष्ठीको आयोजना गर्ने ।
७, अनेसास एसिया क्षेत्रमा निष्क्रिय रहेका च्याप्टरलाई सक्रिय बनाउन पहल गर्ने ।
८, अनेसासका नयाँ च्याप्टर स्थापना गर्न प्रोत्साहन गर्ने एवम् स्थापना भएका च्याप्टरहरूलाई व्यवस्थित गर्ने ।
९, अनेसास क्षेत्रीय सम्मेलन आयोजना गर्ने ।
१०, अनेसास एसिया क्षेत्रभित्र रहनुभएका सदस्यहरूलाई चलायमान बनाउन समय-समयमा विविध कार्यक्रमहरू आयोजना गर्ने र नयाँ सदस्य बन्न आकर्षित बनाउने,
११, नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने अनेसासको योजना सफल बनाउन सक्दो पहल गर्ने ।
१२, विश्वभरिबाट नेपाल आइपुग्नुहुने नेपाली साहित्यकारलाई स्वागत, सम्मान र कृति प्रकाशन, विमोचन, चर्चा परिचर्चाका क्रममा सहयोग गर्दै लेखन क्षेत्रमा प्रेरणा दिने ।
१३, अनेसास अनलाइन पत्रिका दर्पण र अन्तर्दृष्टि कृति नियमित प्रकाशन गर्ने कार्यलाई जोड दिने ।
१४, अनेसासका अग्रज सदस्यलाई सम्मान र अनुजलाई अवसर एवम् प्रोत्साहन दिने संस्कारको थालनी गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *