विरोधपछि मुख्यमन्त्रीले भने- ‘नागरिक असन्तुष्ट भएका बजेट प्रदेशको प्राथमिकतामा  लगाइन्छ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि आफ्नो बाबुको नाममा विनियोजन भएको बजेट प्रदेशको प्राथमिकताको क्षेत्रमा लगाउन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

‘वार्षिक विकास कार्यक्रममा समावेश गरेका गोवर्द्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान, अमृत जोशी पार्क लगायत कार्यक्रम र बजेटका बारेमा नागरिकस्तरबाट आएको असन्तुष्टिमा ध्यानाकर्षण भएको छ,’ प्रेस संयोजक भरत कोइरालाले विज्ञप्ति निकालेर भनेका छन्, ‘ती सबै बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।’

शर्माको नाममा ५० लाख विनियोजन भएको थियो । यस्तै, पुननारायण धनकुमारी परोपकारी ट्रष्टमा १ करोड, लामिछाने र जोशीको स्मृतिमा प्रतिष्ठान र पार्क बनाउन २०/२० लाख विनियोजन भएको थियो । यसबाहेक विभिन्न व्यक्ति र संस्थाका नाममा स्मृतिसँग जोडिएका १० करोड हाराहारी बजेट छुट्याइएको छ । उक्त बजेटबारे नागरिकस्तर र संसद् बैठकमा समेत कडा आलोचना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =