गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो-चाँडो श्रीलंकाकै बाटाेमा पुर्‍याउँछ : नारायणकाजी

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का नेता नारायणकाजी श्रेष्ठले गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो-चाँडो श्रीलंकाकै बाटाेमा पुर्‍याउने बताएका छन् । आइतबार आफ्नाे आधिकारिक फेसबूकमार्फत् उनले यस्ताे बताएका हुन् । ‘तितो र नाङ्गो सत्य यो पनि हो कि- निष्ठा, विचार, सिद्धान्त एवम् मूल्यविहीन भ्रष्ट, स्वार्थी राजनीतिकाे बाेलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शीता, आसेपासे एवम् दलालीकृत सत्ता समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो एउटा वा अर्कोरूपमा पुर्‍याउने त्यतै हाे,’ उनले भनेका छन् ।

उनले त्यसअघि लेखेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनाैँ । याे सही हाे ।’

उनले सचेत हुन र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवम् संगठित प्रयत्न गर्न नेता/नेतृत्वलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *