श्रीलंकाको उदाहरण दिँदै कमल थापाले भने- ‘जनताको धैर्यताको बाँध भत्किनसक्छ’
२०७९ असार २६ गते

फाइल फाेटाे
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको धैर्यताको बाँध भत्किन सक्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत श्रीलंकाको उदाहरण दिँदै यस्तो चेतावनी दिएका हुन् ।
सर्वसत्तावाद अति भएपछि जनता सहेर बस्ने नसक्नेतर्फ उनको संकेत छ । ‘भ्रष्टाचार, महँगी, आर्थिक सङ्कट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किन्छ भन्ने पछिल्लो उदाहरण श्रीलंका हो,’ अध्यक्ष थापाले भनेका छन् ।
उनले नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद मौलाउँदै गएको तर्क गरे । ‘नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद,चरम भ्रष्टाचार,बेरोजगारी,धर्म परिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएको छ, थापाले अगाडि भनेका छन्, ‘राजनीतिक दल र नेताहरू समय मै सचेत हुनु जरुरी छ ।’
२०७९ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








