विगतमै रमाउने हो त ?

हाम्रा पालामा कति राम्रो थियो । समाज त पुरानै राम्रो, कस्तो अदब थियो, अनुशासन थियो । पहिला गाउँ वा सहर कति राम्रो थियो, खान्की कति मिठो थियो, कति पोसिलो थियो ।

यसरी बितिसकेको कुरा सम्झेर त्यही राम्रो भन्ने गफ तपाईंले पनि सुन्नु भएको होला । अलिकति उमेर ढल्केका मान्छेको मुखबाट भूतकाल राम्रो भनेर प्रायः सुनिन्छ । अङ्ग्रेजीमा रेट्रोफाइल भनिने यो प्रवृत्ति सायद मानिसले वर्तमानका भावनाभन्दा पनि विगतका भावनालाई सशक्त रूपमा अनुभूति गर्ने भएकाले जन्मन्छ ।

खासमा त समाज परिवर्तनशील छ । पृथ्वीको उत्पत्ति आजभन्दा करिब ४ ।६ अरब वर्ष पहिले भएको भन्ने तथ्य विभिन्न प्रकारको चट्टानहरूको अध्ययनबाट वैज्ञानिकहरूले अनुमान लगाएका हुन् । नयाँ नयाँ प्रविधिसँगै मानवको विगतका बारेमा, उसको उत्पत्तिको समयका बारेमा अनेकन तथ्यहरू बाहिर आउन थालेका छन् ।

वैज्ञानिक अल्वर्गको समूहले सन् २०१७ मा “ट्रेलिकोस” पदचिन्हबारे पहिलो खोजमूलक तथ्य बाहिर ल्याएका थिए जसमा करिब ती खुट्टाको डोबहरू ६० लाख ५ हजार वर्ष पुरानो भनेर दाबी गरेका छन् ।

त्यसैगरी अफ्रिकामा ७० लाख वर्षपहिले अस्तित्वमा रहेको ”होमिनिन” प्रागमानव सबैभन्दा पुरानो प्रजातिको “साहिल” एन्थ्रोपसको खप्पर भेटिएको थियो । अधिकांश जीवनशैली एवं वैज्ञानिकहरू मानव जातिको उद्गम स्थल अफ्रिकालाई नै मान्दछन् यो सिद्धान्तअनुसार २० लाख वर्ष पहिले विश्वका अरु स्थानमा बसाइ सर्नु भन्दा अगाडि अफ्रिकामा मानव उत्पत्ति भइसकेको थियो । तर स्विडेनका अध्येता पर अल्वर्गले उक्त तथ्यलाई चुनौति दिदैँ “ट्रेलिकोस” पदचिन्ह ६० लाख वर्ष पुरानो भनेर दावी गरेका छन् ।

त्यसैगरी जीवशास्त्रीहरूका अनुसार ओराङ्ओटन, चिम्पान्जी र मानव जस्ता नरवानर समूहको जन्म २र३ करोड वर्ष देखि ५० लाख वर्ष अघि अवधिसम्म मध्ययुगमा उत्पत्ति भएको मानिदै आएको छ ।

वर्तमान मानव तीन लाख वर्ष अघि अफ्रिकामा देखा परेको “होमोसेपेन्स” भन्ने वर्गको कुरामा दुईमत छैन । अहिलेको मान्छेको पुस्ता भन्दा अघि दुई खुट्टा टेकेर हिड्ने मानव “ ग्रेको पिकेथस” ७१ देखि ७२ लाख वर्ष पुरानो रहेको दावी गरेका छन् तसर्थ विज्ञानको चरम विकास सँगसँगै धेरै नयाँ कुराहरू दिन दिनप्रतिदिन प्रमाणित हुँदै छन् ।

त्यसैगरी समाजको कुरा गर्ने हो भने यो विभिन्न युग हुँदै आएको भेटिन्छ । १० ढुङ्गे युग− यसमा मानिसको घुमन्ते जीवन थियो । २० नयाँ ढुङ्गे युग − जहाँ समूह वा कम्युनमा स्थायी रुपमा बसोबास गर्न थाले ३० कृषि वा पशुपालन −आफ्नो लागि जोह गर्न थाले ४० औधोगिक − बढ्दो जनसंख्या साथसाथै आवश्यकता पूरा गर्न थाले ५० आधुनिक − वर्तमान अवस्था ।

समाजको परिवर्तन सामाजिक क्रान्तिद्वारा विकास हुँदै आएको हो । समाजशास्त्रमा यसलाई स्पष्ट रुपमा यो एक सामाजिक क्रान्ति र विकास हो भन्ने बुझिन्छ । त्यसपश्चात् समाजको क्रमिक रुपमा विकास हुँदै आयो । सामाजिक क्रान्तिमा एक प्रकारले सबै पक्ष बदलिँदै विशिष्ट रूपमा भन्नुपर्दा एक प्रकारको मौलिक परिवर्तन मान्न सकिन्छ ।

समाज परिवर्तन सकारात्मक मात्र हुँदैन । इतिहासको पाना पल्टाएर हेर्ने हो भने समाज एवं मानव सभ्यता नै ध्वस्त हुने खालका युद्ध नभएका होइनन् । सकारात्मक पक्षलाई हेर्ने हो भने सामाजिक प्रगति वा समाजको विकास प्रगतिशील आन्दोलन सामाजिक जीवनमा परिवर्तन जस्ता सुष्मा वा सरलदेखि जटिल एवं उच्च परिवर्तनका सकारात्मक पाटोहरू छन् ।

यसप्रकारका परिवर्तनले सामाजिक न्याय र स्वतन्त्रलाई विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्दछ भने समतामूलक समाज निर्माण हुनुका साथै जीवनशैली समेत उच्च हुन्छ । वर्तमानको सकारात्मक विकास वा सामाजिक परिवर्तनलाई हेर्ने हो भने स्वास्थ्य, शिक्षा, उद्योग, बाटोघाटो, यातायात, विज्ञान, मंगलग्रहमा बस्ती बसाल्ने,परिकल्पनालाई समाजको अभिन्न अङ्ग मान्न सकिन्छ । तसर्थ परिवर्तन विश्वव्यापी तथ्य नै भइसकेको छ भने विकासका सम्पूर्ण मापदण्डलाई समाजमा आएको परिवर्तनका कारणले नै हो भन्ने कुरा ठोकुवाका साथ गर्व गर्न सकिन्छ ।

सामान्यतया सामाजिक विकासको मापदण्ड विभिन्न तथ्यहरूलाई हेरेर तय गर्न सकिन्छ जसमा ज्ञानको स्तर, नैतिकता, विज्ञानको विकास आदिले पनि प्रमुख भूमिका खेल्छ । मानिस सामाजिक प्राणी हो सबै मानिस स्वतन्त्र जन्मेका हुन्छन् । समाज त्यसकारण पनि अस्तित्वमा आयो कि जहाँ प्रमुख कार्यहरूमा मानिसहरूले गरेको सम्झौता नै हो । मानव विकासको इतिहास हेर्ने हो भने सँगै बस्न सिके, समूहमा बस्न थाले, समुहमा नै शिकार गर्न थाले, समुहमा नै खेती गर्न थाले र समाजको विकास बिस्तारै त्यही समूहको नेतृत्व गर्दै नेतृत्व विकास समेत गरे ।

यही सिद्धान्तका कारणले गर्दा बलियो र कमजोर वंश वा वर्गको उत्पत्ति भयो अन्तमा पितृसत्तात्मक र मातृसत्तात्मक समाजको निर्माण भयो । प्रमुख त विभिन्न समाजका विकार त्यसले अंगिकार गरेको संस्कृतिका प्रमुख आधार भनेर नै समाजको प्रगतिको मापन गर्ने गरेको पाइन्छ । जसमा व्यक्तिको इच्छा अनुशासन वा सहयोगको भावनालाई समेत हेर्नुपर्ने हुँदोरहेछ त्यस्तै मानव आवश्यकता प्रजनन अधिकार र व्यवहार समेत पर्दछ । व्यक्ति वा वर्गको विकास परिवर्तनको शक्तिलाई लिन सकिन्छ ।

१९ औ शताब्दीको मध्यमा सामाजिक विकास, चाल्स डार्बिनको भौतिक विकास उत्पत्ति १९ औ शताब्दीमा लुईस हेनरी मर्गनलाई विकासवादी सिद्धान्तलाई समाजमा व्याख्या गरे । तसर्थ आधुनिक र प्राचीन ग्रन्थहरूमा १९९५ मा लेखिएको छ परिवर्तनको शास्त्रीय शैली परिवर्तन भएको छ त्यो प्रगति प्राकृतिक, अपरिहार्य, क्रमशः र निरन्तर छ ।

यसरी परिवर्तन मानव संस्कृति सभ्यता आदिमा प्रचुर मात्रामा भएको कुरा वर्तमानलाई नियाल्दा प्रष्ट हुन्छ । मानवशास्त्रीय दृष्टिकोणले हेर्दा पनि मानव एक असामान्य र असन्तुष्ट प्राणी भएको कुरा प्रष्ट हुन्छ ।

यदि आदिमकालमा घुमन्ते र सिकारमा मात्र रमाएको भए, ढुंगाका हतियार मात्र भएको भए, यातायातका साधनमा साइकल मात्र होइन, विभिन्न प्रकारका यातायातका साधन मात्र रमाएका भए प्लेन रकेट बन्ने थिएन , सञ्चारको क्षेत्रमा छापा पत्रिकामा मात्र रमाएको भए एक मिनेटभित्र इन्टरनेटको माध्यमबाट संसारसँग जोडिन सकिँदैन थियो, त्यस्तै शिक्षा स्वास्थ्य खेलकुद मानिसका जीवन यापनका हजारौँ क्षेत्रहरूको विकास हुने थिएन ।

त्यसैले त विगत सम्झेर रमाइने हो तर प्रगतिका लागि त भूतकाल र वर्तमानसँग असन्तुष्ट नै हुनुपर्छ तब न प्रगति हुन्छ । स्राेतः INS

सुरेन्द्र केशी राजनीतिकर्मी तथा समाजशास्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.