ग्रेटवाल मोटर्सको सुविधा सम्पन्न सर्भिस सेन्टर ललितपुरको चाकुपाटमा

काठमाडौँ । प्रसिद्ध चिनियाँ मोटर ब्राण्ड ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता जीडब्लूएम नेपालले गाडी बिक्रीपछि उत्कृष्ट ‘सर्भिस’ दिन ललितपुरको चाकुपाटमा सुविधासम्पन्न आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

हालै मात्र सञ्चालनमा आएको जी।डब्लु।एम सर्भिस सेन्टर विश्वस्तरीय सुविधा सम्पन्न सेन्टर रहेको दाबी गरेको छ । शंखमुल प्लानिङ ११, स्थित चाकुपाटमा सञ्चालनमा आएको सर्भिस सेन्टर कुल ५५ हजार वर्ग फिटमा फैलिएको छ भने यस सेन्टरबाट प्रतिमहिना ६०० भन्दा बढी सवारी साधनको द्रुत सेवाप्रवाह हुने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । साथै सोही सर्भिस सेन्टरमार्फत सेवाग्राहीले सर्वसुलभ मूल्यमा स्पेयर पार्टस् समेत पाउने कम्पनीले बताएको छ ।

‘आधुनिक युगमा उच्च टेक्नोलोजीमा आधारित सर्भिसिङ सेवा आजको आवश्यकता हो । जुन जीडब्लुएम मोटर्सले आत्मसात गरेको छ । हामी गाडी मात्र बेच्दैनौँ बिक्रीपछि उत्कृष्ट सर्भिसिङको ग्यारेन्टी समेत गर्छौ’ जीडब्लूएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भने ।

यस्तै, जीडब्लूएम सर्भिसका उपमहाप्रवन्धक अजित पटेलले सर्भिस सेन्टरले नवीनतम डायग्नोस्टिक उपकरणसहित ओरिजिनल पार्टस्हरुको प्रयोग गरी उत्कृष्ट सेवा दिने बताए । उसो त केही समयअघि मात्र नेपाल भित्रिएको जीडब्लूएम गाडीले आफ्नो व्यवसायिक दौरानमा छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

हाल नेपाली बजारमा जीडब्लूएम अर्थात् ग्रेट वाल मोर्टर्सका हाभल एच् ६, हाभल जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरु उपलब्ध रहेका छन् । भने, कम्पनीले पछिल्लो समयमा बढ्दो माग र प्रयोगलाई ध्यानमा राख्दै आफ्नो ब्रान्डको उत्कृष्ट विद्युतीय गाडी ‘ओरा’लाई समेत बजारमा उतार्ने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *