पहुँचको आधारमा न्यायाधीश बनेकी शाह बर्खास्त

काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेको छ ।

न्यापरिषद्ले उनलाई योग्यता नपुगेको भन्दै बर्खास्त गरेको हो । उनी पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी रेणुका शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएकी थिइन् । लामो समय सीटीइभिटीमा कार्यरत रहेकी उनी पहुँचकै आधारमा न्यायाधीश बनेकी थिइन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत शाहलाई न्याय परिषद्को शुक्रवार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको कानुन मन्त्री गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =