बूढीगंगामा मतगणना शुरू

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा मतगणना शुरू भएकाे छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना शुरू भएकाे हाे । गत वैशाख ३० गतेको निर्वाचन विवादित भएपछि त्यहाँ हिजो पुनः मतदान भएको थियो ।

दुई स्थानमा मतगणना शुरू भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । पहिलाे चरणमा १ र १० नं. वडामा मतगणना भइरहेकाे छ ।

बिहीबार भएको निर्वाचनमा साँझ निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बुझेर आज बिहान सर्वदलीय बैठक बोलाएको थियो तर, कांग्रेस प्रतिनिधि ढिलो आएपछि बैठक साढे ९ बजे मात्र शुरू भएकाे थियाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *