पूर्वी नेपालमा एसिड फ्लाईको बिगबिगी, स्वास्थ्य विभाग भन्छ- हामीलाई थाहा छैन

काठमाडौँ । नेपालको पूर्वी तराई क्षेत्रमा नायरोबी फ्लाई (एसिड फ्लाई) नामक किराको टोकाइबाट बिरामी हुनेको संख्या बढेको छ । झापा, भैरहवामा बसोबास गर्ने मानिसले सामाजिक सञ्जालमा आफूलाई एसिड फलाईले टोकेको अनुभव सेयर गरिरहेका छन् ।

पूर्वी नेपालकाे ठूलाे क्षेत्रमा नायरोबी फ्लाई फैलिरहँदा यसबारे स्वास्थ्य सेवा विभाग भने अनविज्ञ छ । विभागका निर्देशक चुमन लल दास भन्छन्, ‘के हो यो नायरोबी फ्लाई भनेको ? आजै सुनेको हो । हामीलाई न यसबारे जानकारी छ न कुनै सूचना नै आएको छ ।’

के हो नायरोबी फ्लाई ?

नायराेबी फ्लाई पूर्वी अफ्रिकामा उत्पत्ति एउटा किरा हाे । यसको लम्बाइ १ सेन्टिमिटरसम्म हुन्छ । कालो र रातो रङ मिसिएको यो किरा धेरै तातो ठाउँको घाँसमा बस्न मन पराउँछ । रातको समयमा सक्रिय रहने नायरोबी बत्तीमा आकर्षित हुन्छ र मानिसलाई टोक्ने गर्छ । यसले मानिसलाई टोक्दा छोड्ने रसायनले छाला चिलाउने, रातो हुने, पिप जम्ने, सुनिने मात्र नभई पुरै छाला नै ड्यामेज बनाउन सक्छ । किराले टोकेको २४ घण्टाभित्र नै असर देखिन थाल्छ ।

बच्ने उपाय

याे किराबाट बच्न घर वरपर सफा राख्ने तथा घाम अस्ताएको १ घण्टापछि मात्रै यो किरा सक्रिय हुने भएकाले साँझमा झ्याल ढोका राम्रोसँग बन्द गर्ने गर्नुपर्छ । त्यस्तै, झ्याल ढोकामा जाली लगाउने, अनावश्यक रूपमा बत्ती नबाल्ने, झूल लगाएर सुत्ने, साँझको समयमा शरीर ढाकिने लुगा लगाएर मात्रै बाहिर निस्कने, किराले टोकीहाल्यो भने तुरुन्तै साबुन पानीले टोकेको ठाउँ सफा गर्ने गर्नुपर्छ । जसले गर्दा विष कम लाग्छ ।

त्यस्तै, टोकेको घाउ फैलँदै गएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, घर वरपर धेरै नै संक्रमण भएमा बजारमा पाइने किटनाशक औषधी छर्किने आदि समेत गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =