संसद् बैठक २ बजेसम्मका लागि सर्‍याे

काठमाडाैँ । संसद् बैठक सरेकाे छ । बिहान ११ बजे बस्ने भनिएकाे बैठक दिउँसाे २ बजेसम्मका लागि स्थगित गरिएकाे सङ्घीय संसद् सचिवालयले जनाएकाे छ । सचिवालयले जारी गरेकाे स्थगनकाे सूचनमा ‘विशेष कारण’ले स्थगित गर्नुपरेकाे बताइएकाे छ ।

आजकाे बैठक प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] ले अवरुद्ध गर्ने तयारी गरेकाे छ । उसले अर्थमन्त्री जनार्दन शर्माकाे राजीनामा र छानबिन समितिकाे माग गर्दै बैठक अवरुद्ध गर्ने तयारी गरेकाे हाे । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हाम्राे माग पूरा नभइन्जेलसम्म हामी संसद् अवरुद्ध गर्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =