अर्थमन्त्रीका कारण देशै बदनाम भयाे : रामहरि खतिवडा
२०७९ असार २१ गते

काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अर्थमन्त्रीका कारण देशकाे अर्थतन्त्र नै समाप्त हुने खतरा देखिएकाे बताएका छन् । ‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देशनै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भयाे,’ उनले आफ्नाे आधिकारिक ट्वीटरमार्फत् भनेका छन् ।
उनले अर्थमन्त्री जनार्दन शर्मालाई देशकाे बारेमा साेच्नसमेत आग्रह गरेका छन् । ‘मन्त्रीजी, अलिकति आफ्नो हाेइन, देशको बारेमा सोचिदिनुहाेस् ।’
सदनदेखि सडकसम्म अर्थमन्त्री शर्माकाे राजीनामाकाे माग भइरहेकाे छ । तर उनले राजीनामा दिएका छैनन् । करकाे दर निर्धारणमा निजी व्यापारिक घरानाका अनधिकृत मान्छेहरूलाई संलग्नता गराएकाे भन्दै उनकाे आलाेचना हुँदै आएकाे छ ।
२०७९ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








