विवेकशील पार्टीका नेताहरू प्रहरी नियन्त्रणमा

काठमाडौँ । विवेकशील पार्टीका नेता/कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । अर्थमन्त्री जनार्दन शर्माको तर्कहरूको शान्तिपूर्णरूपमा विरोध गर्दा आफूहरूलाई प्रहरीले धरकपड गरेकाे उनीहरूले बताएका छन् । पार्टीको आधिकारिक फेसबूक पेजमा लेखिको छ, ‘अर्थमन्त्रीको कूतर्कहरूको शान्तिपूर्ण ढंगमा विरोध प्रदर्शन गर्दा प्रहरीले धरकपड गरेको हो ।’

नियन्त्रणमा लिइएका नेताहरूमा प्रवक्ता विजयबाबु शिवाकोटी, संघीय समिति सदस्य शशीविक्रम कार्की र अभियान तथा संजाल विभाग प्रमुख लक्ष्मण श्रेष्ठ रहेका छन् ।त्यहाँ थप लेखिएको छ— यस कार्यको घोर निन्दा गर्दछौँ ।

कर्मा तामाङ नेतृत्वको यस पार्टीले विभिन्न रचनात्मक विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =