नवनियुक्त मन्त्रीहरूले लिए शपथ
२०७९ असार २० गते

काठमाडाैँ । नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टी [जसपा]बाट नियुक्त भएका मन्त्रीहरूले साेमबार साँझ शपथ ग्रहण गरेका हुन् ।
शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव रहेका छन् । यसअघि भौतिकमन्त्रीमा रेणु यादव, कृषिमा महिन्द्रराय यादव र वनमन्त्रीमा रामसहाय यादव थिए ।
अघिल्लो हप्तामात्रै नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको थियो ।
२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








