आलोपालो मन्त्री बन्ने विकृति बढ्याे, स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ : अध्यक्ष थापा

काठमाडाैँ । राप्रपाका अध्यक्ष कमल थापाले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिने बताएका छन् ।

उनले स्थिरताका लागि जनताले नेकपालाई करिब २ तिहाई सिट दिएकाे तर त्यसले स्थिरता नल्याएकाे बताए ।

देशमा गठजाेडकाे सरकार हुँदा आलोपालो मन्त्री बन्ने प्रथा सुरु भएकाे बताउँदै उनले भने, ‘स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आशमा जनताले नेकपालाई करिब दुईतिहाइ सिट दिए । तर, सरकार तीनवर्ष पनि टिक्न सकेन, परमादेशबाट सरकार बनेको छ, नेकपा तीनटुक्रा भयो, आलोपालो मन्त्री बन्ने प्रथा चल्यो ।’

उनले अगाडि भनेका छन्, ‘यस्ता विकृति अन्तगर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालि कायम गरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =