माओवादी केन्द्रीय समिति बैठक : यस्ता छन् एजेन्डा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारबाट काठमाडौँमा सुरु भएको छ ।

काठमाडौँको प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेन्डाका बारेमा जानकारी गराउँदै बैठक सुरु गरेका हुन् ।

तीन दिनसम्म चल्ने बैठकमा बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरूका तर्फबाट संक्षिप्त रिपोर्टिङ हुने छ ।

त्यस्तै, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषयका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।

संगठनात्मक विषयमा पाेलिटब्युराे, स्थायी कमिटी र पदाधिकारी चयनका बारेमा छलफल हुने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

त्यस्तै, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारीका विषयमा पनि बैठकमा छलफल हुने उनले बताए ।

बैठकमा प्रचण्डले केन्द्रीय समितिका नयाँ सदस्यहरूको शपथ गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =