अछाममा युवक मृत्यु प्रकरण : पाँच दलद्वारा यातायात बन्द

धनगढी । अछाममा नेकपा एमालेसहितका ५ राजनीतिक दलले आइतबार विहानैदेखि यातायात बन्द गराएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ का १७ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा उनीहरूले जिल्लाभर यातायात बन्द गराएका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आइतबार र सोमबार दुई दिन सवारीसाधन बन्दको घोषणा गरेका थिए । ‘शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ती नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्न बाध्य भएका छौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

गएको वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपका क्रममा बेपत्ता भएका युवक मृत भेटिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *