बबरमहलमा कार पल्टियो, तीनजना घाइते
२०७९ असार १९ गते

फाइल फोटो
काठमाडाैँ । बबरमहलमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् । तीव्र गतिमा कुदाइएको कार आज बिहान सडकमा पल्टेको हो ।
कार चालक भक्तपुर कमलविनायकका २५ वर्षीय विकाश बुढाथोकी, कारमा सवार स्थानीय २७ वर्षीय जिनी चौरसिया र रामेछाप घर भई हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी घाइते भएका छन् ।
घाइते सबैको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । उनीहरूमध्ये गिरीको अवस्था गम्भीर रहेको बताइएको छ । आज बिहानीपख बा.२ च ८५३३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।
२०७९ असार १९ गते
प्रतिक्रिया








