नेता शेखर कोइराला समूहको बैठकले गर्‍यो यी पाँच निर्णय

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठकमा पाँच वटा कुरामा छलफल गरेका छन् । शुक्रबार बसेको बैठकले पाँच वटा कुराहरूमा छलफल गरेको हाे ।

बैठकमा सरकारले बाचा गरे अनुसारको काम गर्न नसकेको निष्कर्ष निकालेको केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । जनतालाई राहत दिन नसकेको र जनताको जीविकालाई सम्बोधन गर्न नसकेको उनको भनाई छ ।

 

गर्‍यो यी पाँच निर्णय

१.  सरकार नजिविकाका मुद्रामा गम्भीर बन्न नसकेको, विकास खर्च, लगानीको माहौल, अर्थतन्त्रका सूचकहरू, मल, पुस्तकका कुरामा सरकार उदासीन ।

२. राजनीतिक प्रतिवद्दताः राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, रा अ वि प्रधानमन्त्रीको मातहतबाट हटाउने पार्टीको निर्णयलाई कार्यान्वयन नगरेको ।

३. चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाएको र ब्यापकरुपमा नीतिगत भ्रष्टाचार भएको ।

४. परराष्ट्र नीति सबैको साझा बनाउने पहल नगरेको ।

५. सभापतिज्यूले विधान अनुसार नचल्ने र ४०५ महाधिवेशन प्रतिनिधि जसले भोट दिएनन् उनीहरूको सभापति हुन नखोजेको देखियो।

यी सबै मुद्दामा काँग्रेसलाई प्रदेश, जिल्ला, क्षेत्र र पालीका र वडा स्तरसम्म लैजाने, यी सबै कुराहरू उठाउने र काँग्रेसको छविलाई बलियो बनाउँदै लैजाने केन्द्रीय सदस्य गोविन्द पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *