संसद् भङ्ग गर्नेहरू अधिनायकवादी हुन् : रामचन्द्र
२०७९ असार १६ गते

फाइल
काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् भङ्ग गर्नेहरू अधिनायकवादी हुने बताएका छन् । ‘उनीहरू निरङ्कुश सत्ता चलाउन चाहनेका आँखाको कसिंगर हुन्छन्,’ ६४औँ संसद् दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा उनले भने, ‘त्यही भएर हुकुमी शासन चलाउन चाहनेहरूले नै संसद् भङ्ग गर्ने गरेका छन् । संसद् जनताको घाँटीमा अड्केको वाणीलाई व्यक्त गर्ने माध्यम हाे ।’
पूर्वसभामुखसमेत रहेका उनले थपे, ‘यो निरङ्कुश सत्ता चलाउन चाहेका लागि आँखा कसेर बन्दै आएको छ ।’ हुकुमी शासन चलाउनेहरूलाई संसद् मन नपर्ने उनले बताए ।
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








