ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । झापामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट उक जनाको मृत्यु भएको हो । राति ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक दमक नगरपालिका–९ का ३८ वर्षीय दीपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =