एकीकृत समाजवादीकाे उर्दी- ‘वामपन्थी शक्तिहरू एक हाेऔँ’ (पूर्णपाठ)

काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वकाे नेकपा [एकीकृत समाजवादी] ले वामपन्थी दलहरूलाई एकजुट हुन आह्वान गरेकाे छ । २०७८ भदाै ९ गते निर्वाचन आयाेगमा दर्ता भएकाे एकीकृत समाजवादीले वाम शक्तिहरूकाे एकता आफ्नाे पहिलाे कार्यभार रहेकाे बताएकाे थियाे । उसले ६ महिनाभित्र वाम एकताका लागि विभिन्न समाजवादी/वामपन्थी शक्तिहरूबीच संवाद शरू गर्ने भनेकाे थियाे । तर, त्यसाे हुन भने सकेन । अहिले एकीकृत समाजवादी बनेकाे १० महिना भइसकेकाे छ तर, वाम एकताकाे पक्षमा भने केही काम गरेकाे छैन । उसले उर्दी भने जारी गरेकाे छ । भर्खर सकिएकाे पार्टीकाे केन्द्रीय परिषद्काे पहिलाे बैठकले वामपन्थी दलहरूबीच एकता हुनुपर्ने निष्कर्ष निकालेकाे छ ।
बैठकमा प्रस्तुत गरिएकाे समसामयिक दस्तावेजमा भनिएकाे छ— ‘वामपन्थी शक्तिहरूलाई कम्युनिष्ट आन्दाेलनकाे रक्षा र समाजवादी लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन एकीकृत समाजवादी अपिल गर्दछ ।’ एकीकृत समाजवादीले प्राप्त उपलब्धिहरूकाे रक्षाका लागि पनि वाम एकताकाे आवश्यकता रहेकाे औंल्याएकाे छ । ‘समाजवादी कार्यदिशा अंगालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, संघीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाका लागि एकताबद्ध हुन यो बैठक आग्रह गर्दछु,’ पारित प्रस्तावमा भनिएको छ ।
बैठकले एसपीपीमा नेपाल संलग्न नहुने निर्णयसहितको पत्र संयुक्त राज्य अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद दिएकाे छ भने रुसले युक्रेनमाथि गरिरहेको आक्रमणलाई पनि सम्बोधन गरेको छ । १५ बुँदे दस्तावेजमा भनिएकाे छ— ‘अमेरिकालगायत पश्चिमा प्रभुत्ववादी शक्तिहरूले युक्रेनमाथि प्रभुत्व कायम गर्न गरेको प्रयत्न तथा यसले सृजना गरेको सुरक्षा संवेदनशीलताले गर्दा रुस र युक्रेनबीच युद्ध भड्किएको छ ।’
पूर्णपाठ:








