नवनियुक्त सहरी विकासमन्त्री मेटमणि भन्छन्- ‘पदको दुरुपयोग गर्दिनँ, सकेकाे काम गर्छु’
२०७९ असार १३ गते

काठमाडाैँ । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने तर, पदकाे दुरुपयाेग नगर्ने बताएका छन् । साेमबार पदभार ग्रहणपछि उनले भने, ‘मेरो योग्यता, क्षमताअनुसार काम गर्छु । पदकाे दुरुपयाेग कहिल्यै गर्दिनँ ।’
आफू छाेटाे समयका लागि आएकाे तर, धेरै कामहरू आफूले गर्नुपर्ने भएकाे उनले बताए । ‘म छाेटाे समयका लागि आएकाे हुँ । तर धेरै कामहरू गर्नुपर्ने छ,’ उनले भनेका छन् ।
पदभार ग्रहण गर्दै उनले प्रस्तावित सहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।
२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








