इन्धनमा मूल्यवृद्धिको विरोधमा राप्रपा नेपालनिकट संगठनको राँके जुलुस

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा नेपालका भातृ संगठनले राँके जुलुस निकालेका छन् ।

राप्रपा नेपालसम्बद्ध जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै सोमबार साँझ राँके जुलुस निकालेका हुन् । काठमाडौँको विशालनगरबाट सुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो । बालुवाटार राष्ट्र बैंक अगाडि बढ्न खोजेको जुलुसलाई प्रहरीले रोकेको थियो ।

जुलुसमा मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट ,दलाल , घुसखोरलाई कारवाही हुनुपर्ने जस्ता नारा लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *