संसद्‌मा पत्र पठाएर प्रधानमन्त्रीले भने- कार्यव्यस्तता बढ्याे, म आउन सकिनँ

काठमाडाैँ । अहिले प्रधानमन्त्री कार्यालयलगायत केही मन्त्रालयहरूका लागि विनियाेजित बजेटमाथि संसद्‌ बैठकमा छलफल भइरहेकाे छ । तर, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा छैनन् । यसपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री संसद् बैठकमा आउनुपर्ने माग गरेका छन् । यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्री उपस्थित नभइन्जेलसम्म बैठक स्थगित गर्न माग गरेका छन् भने सत्ता साझेदार दलका सांसदहरूले पनि प्रधानमन्त्रीकै जवाफकाे माग गरेका छन् ।

सांसदहरूले बैठक स्थगित गर्नुपर्ने आवाज उठाएपछि प्रधानमन्त्री देउवाले संसद्‌मा पत्र पठाएका छन् । सङ्घीय संसद् सचिवालयका महासचिवलाई सम्बाेधन गरेर लेखिएकाे पत्रमा प्रधानमन्त्री देउवाले आफ्नाे व्यस्तता बढेकाे कारण आफू संसद् बैठकमा अनुपस्थित भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =