आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘ब्रह्मास्त्रः शिवा’ ट्वीटरमा बहिष्कार

काठमाडौँ । सुपरहिरो जनरामा बनेको बलिउड फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएसँगै यसलाई बहिष्कार गर्ने अभियान पनि चलेको छ । सामाजिक सञ्जाल ट्विटरमा फिल्मलाई बहिष्कार गर्न चलाइएको ह्यासट्याग ट्रेण्डिङमा परेको छ ।

भारतीय चर्चित अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट अभिनित सो फिल्मको ट्रेलर हिजो बुधबार सार्वजनिक भएको हो । छुट्टै सिनेमेटिक युनिभर्स ‘अस्त्रभर्स’ अन्तर्गत रहेर बनेको पहिलो फिल्मको ट्रेलरले धेरै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा ट्विटरमा भने फिल्म बहिष्कार गररिनुपर्ने माग उठेको हो ।

फिल्मकी अभिनेत्री आलिया बलिउडमा नातावादको उत्पादनमा संलग्न भएको र अभिनेता सुशान्त सिंहको निधन नातावादकै कारण भएको भन्दै फिल्मलाई बहिष्कार गर्न माग गरिएको छ ।

‘ब्रह्मास्त्रः शिवा’ तीन भागमा प्रस्तुत हुने कथाको पहिलो भाग हो जसमा शिवाको भूमिकामा रणबीर देखिनेछन्। शिवालाई फिल्ममा एक सुपरहिरोको रूपमा देखाइएको छ । फिल्मको ट्रेलरमा ब्रह्मास्त्रलाई जल, वायु र अग्निजस्ता विभिन्न तत्वका शक्ति भरिएको अस्त्र बताइएको छ र सोही ब्रह्मास्त्रधनी देवताको बारेमा फिल्मले कथा भन्ने उल्लेख गरिएको छ । ट्रेलरमा रणबीरको शक्ति तथा फिल्मका अन्य पात्रको विशेषताका केही झलक देखाइएको छ ।

रणबीर र आलियासँगै फिल्ममा अमिताभ बच्चन, नागर्जुना, मौनी रोयलगायतका कलाकारको अभिनय पनि देख्न सकिनेछ । फक्स स्टार स्टुडियोले निर्माण गरेको फिल्मलाई आयान मुखर्जीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *