२४ लाख डाेज खाेपबारे स्वास्थ्यमन्त्रीकाे जवाफ- म आराेपित हुन इच्छुक छु, प्रमाणित गर्नुस्

काठमाडाैँ । स्वास्थ्यमन्त्री विराेध खतिवडाले आफूले कहीँ पनि कति पनि काेराेना भ्याक्सिन बेपत्ता नबनाएकाे बताएका छन् । बुधबार संसद्‌मा सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ दिँदै उनले यस्ताे प्रष्टीकरण दिएका हुन् । ‘२४/२५ लाख डाेज खाेप हरायाे भन्ने कुरा आयाे । याे झुटाे हाे । यसकाे पछि नलाग्नुस् ।’

उनले त्याे प्रमाणित भए आफू आराेपित हुन र सजाय भाेग्न तयार रहेकाे बताएका छन् । प्रश्न उठाएका सांसदहरूलाई चुनाैती दिँदै उनले भने, ‘जानूस् प्रदेशहरूमा जानूस्, जिल्ला-जिल्लामा जानूस् र त्याे आराेप प्रमाणित गरे ल्याउनुस् । प्रदेशलाई संघले दिएकाे खाेपहरू छन्, जिल्लामा प्रदेश सरकारहरूले दिएकाे खाेपहरू छन् । त्यहाँ गएर साेधेर विराेध खतिवडाले खाेप लुकायाे, के गर्‍याे भनेर साेध्नुस् । यदि त्यसाे भयाे भने म आराेपित हुन इच्छुक छु, म झुटाे सावित हुन आतुर छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =