शहरी विकासमन्त्रीकाे दाबी- काठमाडाैँकाे फाेहाेरकाे समस्या स्थायीरूपमा हट्याे

काठमाडाैँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बजेटमा कुनैखाले विभेद नभएकाे जिकिर गरेकी छन् । बुधबार संसद्‌मा सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ दिँदै उनले यस्ताे बताएकी हुन् । सांसदहरूले ‘याेजना मागियाे तर, बजेट छुटिएन किन ?’ भनेर प्रश्न गरेका थिए । त्यसमाथि जवाफ दिँदै उनले भनेकी छन्, ‘याेजना छनाैटमा कुनैखाले विभेद गरिएकाे छैन, यसमा हामी प्रष्ट हाैँ ।’

उनले सीमित स्राेत साधनबाट असीमित काम गर्न खाेज्दा कतिपय याेजनाहरू छुटेकाे उनले बताइन् । ‘हामीकहाँ सीमित अर्थतन्त्र छ,’ उनले भनेका छन्, ‘तर गर्नुपर्ने कामहरू असीमित छ । आवश्कयताहरू धेरै छन्, तिनीहरूकाे सम्बाेधन गर्नैपर्‍याे । यसाे हुँदा काेही माननीयज्यूहरूकाे कार्यक्रम समावेश भयाे हाेला, कसैकाे भएन हाेला । यसलाई यसैगरी नै बुझाैँ ।’

यस्तै उनले काठमाडाैँकाे फाेहाेरकाे समस्या सधैँका लागि अन्त्य भएकाे बताएकी छन् । याे समस्या पुन: पुनरावृत्ति नहुने दाबी उनकाे छ । ‘अब स्थायीरूपमा समस्या समाधान भयाे । यद्यपि याे स्थानीय तहकै काम थियाे,’ उनले भनेकी छन्, ‘फाेहाेर माेहर हाे । यसलाई पनि हामीले मध्येनजरमा राखेका छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =