एमालेले दर्ता गरायाे संसद्मा ‘स्थगनको प्रस्ताव’

काठमाडाैँ । प्रमुख प्रतिपक्षी एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुर्ने भन्दै भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।
एमालेले अहिलेकाे वर्तमान समस्याबारे नै सबैभन्दा पहिले छलफल हुनुपर्ने माग उठाएकाे छ । किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयमा दर्ता गराएकाे हाे ।
उक्त प्रस्तावमाथि संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयले बताएकाे छ ।
संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको संसद् बैठकको कार्यसूचीमा राखिएकाे छ ।










