चेरीको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो अब नेपालमा

काठमाडाैँ । नेपाली बजारमा चेरीको नयाँ एसयुभी टिग्गो ८ प्रो सार्वजनिक भएको छ । नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक सारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइलस्ले चेरी टिग्गो ८ प्रो सार्वजनिक गरेको हो ।

टिग्गो ८ प्रो एसयुभीमा १.६ लिटरको टर्बौ चार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन जडित छ भने युरो ६ मापदण्डमा आधारित छ । १५९८ सिसी इन्जिन जडित यो गाडीले अधिकतम १४५ किलोवाट पावर र २९० एनएम टर्क जेनेरेट गर्छ ।

७ सिटर यो गाडीको लम्बाई ४७२२ एमएम, चौडाई १८६० र उचाई १७४५ एमएम छ । गाडीलाई पारिवारिक रूपमा डिजाइन गरिएको छ भने बाहिरी र भित्री डिजाइनिङमा पनि कम्पनीले विशेष ध्यान पुर्‍याएको छ । टिग्गो ९ प्रोमा १९६ एमएम ग्राउन्ड क्लियरेन्स छ। जसले गर्दा गाडीलाई जस्तोसुकै बाटोमा सहजै चलाउन सकिन्छ ।

गाडीको भित्र १२.३ इन्चको टचस्क्रिन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले, ९ इन्चको इन्टुमेन्ट डिस्प्ले र ८ इन्चको टचस्क्रिन एसी कन्ट्रोल डिस्प्ले सहित ड्यासबोर्ड छ । यसमा पार्किङ ब्रेक पनि विद्युतीय छ । सुरक्षाको हिसाबमा पनि गाडी निकै सुरक्षित रहेको कम्पनीको दाबी छ । यसमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, हिल असिस्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विशेषताहरू छन् ।

नेपाली बजारमा चेरी टिग्गो ८ प्रो कालो, निलो, खाकी, ग्रे, पर्पल (बैजनी रंग) र रातो गरी विभिन्न ८ रंग विकल्पमा उपलब्ध छ । कम्पनीले यसको सुरुवाती बजार मूल्य ९९ लाख ५० हजार रूपैयाँ तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *