‘जातीय विभेद गर्ने शिक्षकलाई कारबाही हुन्छ कि हुँदैन ?’ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले जातीय विभेद गर्ने जाे-काेहीलाई पनि कारबाहीकाे दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । बिहीबार संसद्मा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिने क्रममा उनले यस्ताे बताएका हुन् । उनले उक्त मागसँगै सरकारलाई प्रश्नसमेत गरेका छन्— जातीय विभेद गर्नेहरूलाई कारबाही हुन्छ कि हुँदैन ?
♦ याे पनि:
‘दलित भएकै कारण’ गुरुकुलले भर्ना नलिएकाे विषय संसद् पुग्याे, कारबाहीकाे माग (भिडिओसहित)
सांसद विश्वकर्माले ललितपुरकाे जगद्गुरु आदर्श संस्कृत गुरुकुल विद्यालयकाे सन्दर्भ जाेड्दै भने— ‘जातीय विभेद संविधानअनुसार बर्जित हाे । यसलाई पछ्याउने जाेकाेहीलाई कारबाही हुनुपर्छ ।’ यसअघि उक्त गुरुकुल विद्यालयले दलित भएकै कारण ४ जना बालबालिकाहरूलाई भर्ना लिएकाे थिएन । यसबारे आजकाे संसद्मा सांसद पार्वतीकुमारी विशुन्केलगायतले पनि बाेलेका थिए ।








