सलमान खानका साथीका छोरासँग सोनाक्षी सिन्हाको प्रेम

काठमाडौँ । भारतकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले आफ्ना प्रेमी सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्ना प्रेमी जाहिर इकबालसँगको सम्बन्धबारे सार्वजनिक गरेकी हुन् ।

गत जुन २ मा सोनाक्षीको जन्मदिनमा उनका प्रेमी इकबालले सामाजिक सञ्जालमा सोनाक्षीसँगको एक भिडियो सेयर गर्दै लेखेका थिए, ‘म तिमीलाई प्रेम गर्छु।’  भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘म तिमीलाई प्रेम गर्छु।’ सोही पोस्टमा अभिनेत्री सिन्हाले पनि आफूहरूको सम्बन्धलाई पुष्टि गर्दै लेखेकी छन्, ‘धन्यवाद, म पनि तिमीलाई प्रेम गर्छु ।’

गहना व्यापारी पृष्ठभूमिका इकबालसँग सोनाक्षी सिन्हालाई बलिउड अभिनेता सलमान खानले भेट गराएका थिए । सलमानका नजिकका साथी इकबाल रत्नासीका छोरा इकबालले सन् २०१९ मा फिल्म नोटबुकबाट अभिनयमा समेत डेब्यु गरेका थिए भने हाल इकबाल र सोनाक्षी एक नयाँ फिल्ममा सँगसँगै काम गरिरहेका छन् ।

अभिनेत्री हुमा कुरैसीको मुख्य भूमिका रहेको फिल्म ‘डबल एक्सएल’ मा सोनाक्षी र इकबाल पनि काम गरिरहेका छन्। उक्त फिल्म सतराम रमानीको निर्देशनमा निर्माणाधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *