महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने ?

काठमाडौँ ।  स्तन, पाठेघर, मुख, आङ, फोक्सो र ग्यास्ट्रोइन टेस्टटिनलका क्यान्सर महिलामा बढी देखिने क्यान्सर हुन् । बढ्दो उमेरसँगै महिलामा यस्तो क्यान्सरको जोखिम हुन्छ । कतिपयमा वंशाणुगत कारण पनि यस्तो क्यान्सर लाग्ने गर्छ ।

त्यसैले आफ्नो परिवारको कुनै सदस्यमा यस्तो क्यान्सर भएको अवस्थामा नियमित स्वास्थ्य जाँच गर्न आवश्यक हुन्छ । धुम्रपान फोक्सो क्यान्सरको प्रमुख कारकमध्ये एक हो । अस्वथ्यकर खानपिन, बोसोयुक्त खानाको बढी प्रयोगजस्त गतिविधिले पनि यस्ता क्यान्सरको सम्भावनालाई बढाउने गर्छ ।

क्यान्सर रोगमा हुन सक्ने चिन्ह र लक्षण
१. खकारमा रगत देखापर्ने वा निको नहुने खोकी
२. घाउहरु लामो समयसम्म निको नहुने
३. महिनावारी नभएको बेलामा रगत देखिनु वा महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुन’ वा सहबासपछि रक्तस्राव हुनु ।
४. स्तनमा गाँठा–गोठी देखिनु, मुुन्टोबाट रगत मिसिएको दुध आउन वा मुन्टो दबिनु ।
५.खाना निल्न गाह्रो हुनु वा स्वर परितर्वन वा धोद्रो हुनु ।
६. छोटो समयमा नै शरीरको वजन धेरै घट्नु’, रक्तअल्पता देखिनु र बारबार ज्वरो आइरहनु ।

क्यान्सरबाट बच्ने उपाय
१.चुरोट, बँडी, खैनी, सुर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने
२. बासी , सडँेगलेका र ढँुसी परेका खाना नखाने
३. पालेको डढेको मासु तथा अन्य खानेकुरा नखाने
४.अखाद्य रङ प्रयोग गरिएका खानेकुरा नखाने
५. चिल्लो बासोयुक्त खानेकुराहरु नखाने
६. धुलो, धुँवा तथा वातावरणीय प्रदुषणबाट जोगिने
७. स्तन गिर्खा, गाँठागाठी पलाएको छ–छैन, प्रत्येक महिनामा आफैंले राम्ररी छामेर हेर्ने र फेला परे चिकित्सकसँग परामर्श लिने
८. गुप्ताङग सधैं सफा राख्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =